काँगे्रस क्षेत्र नं.३ को कृष्तिनाच्नेचौरम घरदैलो अभियान

पोखरा, ८ कात्तिक। नेपाली काँग्रेस कास्की क्षेत्र नं.३ ले कास्कीको कृष्तिनाच्नेचौरमा घरदैलो अभियानलाई तिव्र पारेको छ । चुनाव परिचालन समितिले शुक्रबार कृष्तिको वडा नं.१,२,३,४,८ र ९ मा घरदैलौ अभियान सम्पन्न गरेको हो । घरदैलो अभियानमा शान्ति र संविधानका लागि काँग्रेसलाई मत दिनका लागि आग्रह गरिएको थियो ।उक्त घरदैलो अभियान कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं.३ का उमेदवार सोभियतबहादुर अधिकारी, समानुपातिक उमेदवार वृन्दा राना मगर, चुनाव प्रचार प्रसार समितिका सहसंयोजक केशर निर्दोषी कृष्तिनाच्नेचौर गाविसका ईकाई सभापति कर्णबहादुर कार्की नेवि संघका केन्द्रिय सदस्य गोविन्द लामिछाने, नेवि संघ कास्कीका अध्यक्ष देवकृष्ण पराजुली, सचिव सूवर्ण जंग केसी, कृष्तिनाच्ने चौरका ईकाई सचिव केशव पौडेल, दुर्गा थापा लगाएको सहभागि रहेको थियो ।

त्यसैगरी शुक्रबार नै कृष्तिनाच्नेचौर गाविसका कल्याणी आमा समूहले क्षेत्र नं.३ का उमेदवार सोभियतबहादुर अधिकारीलाई स्वागत गर्नुको साथै परिचयात्मक कार्यक्रम समेत गरेका थिए । कार्यक्रमम समूहका पदाधिकारीहरुले चुनाव जितेपछि पनि गाँउ फर्किनका लागि उमेदवारलाई सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै क्षेत्र नं.३ का उमेदवार सोभियतबहादुर अधिकारीले संविधान सभा बाट नै संविधान वनाउनका लागि काँग्रेसको जित अनिवार्य हुनु पर्ने बताए । काँग्रेसलाई जित गराउनुहोस अनि मात्रै शान्ति र संविधानको ग्यारेन्टी हुन्छ उनले भने–आफुले चुनाव जिते पनि सधै जनताको माझ नै हुने छ ।

कमेन्टहरु
Loading...