मकवानपुर । मकवानपुरमा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार र मंगलबार गरिएको स्वाब संकलन पश्चातको परीक्षणका क्रममा १० प्रहरी सहित ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये हेटौंडा उपमहानगरपालिका २ का १, ४ का ४ जना, ५ का ४ तथा ९ का ७ जना रहेका छन् । त्यस्तै उपमहानगरपालिका वडा नम्बर १० र १३ का १/१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं र चितवनका १/१, थाहा नगरपालिकाका २, भिमफेदी गाउँपालिकाका ३ र बकैया गाउँपालिकाका २ जनामा समेत कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
