सुनको मूल्यमा आज भारी गिरावट, एकै दिनमा ६ हजार २ सयले घट्यो

पोखरा । सुनको मूल्य आज ६ हजार २ सय रुपैयाँले घटेको छ । हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य भारी गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार १ लाख १ हजार ६ सय प्रतितोला रहेको सुनको मूल्य आज घटेर ९५ हजार ४ सय रुपैयाँमा झरेको छ । महासंघका अनुसार सुनको मूल्यमा यति धेरै गिरावट आएको यो नै पहिलो पटक हो । यस्तै चाँदीको भाउ आज १ हजार २ सय १० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...