पोखरा वडा नं. १६का संक्रमित कहि गएका थिएनन्

पोखरा/पोखरामा ट्राभल हिस्ट्रि नभएका संक्रमितको संख्या बृद्धि हुँदै गर्दा बुधबार संक्रमित भएका वडा नं. १६ का संक्रमितको पनि कुनै प्रकारको ट्राभल हिष्ट्रि देखिएको छैन । बुधबार उनलाई कोरोना संक्रमण भएको समाचार आउँदा उनको टोल छिमेकका सबै बासिन्दाहरु आश्चर्यमा परेको वडा सदस्य राजेश गुरुङले बताए ।
वडा सदस्य गुरुङका अनुसार ति संक्रमित मर्निङ वाक बाहेक अन्त कतै पनि गएका थिएनन् ।  उनीमा कोरोना संक्रमणसँगै कोरोना समुदायमा पसिसकेको वडा सदस्य गुरुङले बताए ।
यस अघि नै वडा नं. १६ मा अत्यावश्यक कामकाज बाहेक बाहिर घरबाहिर नजिस्कनका लागि बडा नं. १६ ले आग्रह गरिसकेको छ ।उनी पोखराको व्रिटिस क्याम्पमा कार्यरत व्यक्ति हुन् ।

कमेन्टहरु
Loading...