लेकसाइडका संक्रमितको कुनै ट्राभल हिष्ट्रि छैन

पोखरा/बुधबार बिहान संक्रमित भएका लेकसाइडको युवाको कुनै पनि ट्राभल हिष्ट्रि नभएको जिल्ला स्वास्थ्य कार्यालयका निर्देशक बाबुराम आचार्यले बताए । आचार्यका अनुसार ति संक्रमितले गण्डकी अस्पतालमा गएर आँफैले परिक्षण गराएका थिए ।
संक्रमितको बारेमा जानकारी लिन खोज्दा पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगत पहारीले संक्रमित लेकसाइडको एक प्रतिष्ठित होटलमा काम गर्ने व्यक्ति रहेको बताए । उनलाई काममा राख्नु अघि पिसिआर परिक्षण गर्न अस्पताल पठाउदा उनीमा कोरोना देखिएको पहारीले बताए । मंगलबार मात्रै लेकसाइडको एक बैँकको कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । मंगलबारबाट नै ति कर्मचारीसँग सम्पर्कमा रहेका व्यक्तिहरुको पिसिआर टेष्टको तयारी गरिएको पहारीले बताएका छन् ।

कमेन्टहरु
Loading...