पोखराको थप दुईमा कोरोना संक्रमण

पोखरा/पोखरामा कोरोना संक्रमितको संख्या दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आज बिहान बिहानमात्र पोखरा १६ र पोखरा ६ मा गरि थप दुई जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
संक्रमितको बारेमा बुझ्न वडा नं. १६ का वडा अध्यक्ष जीवन आचार्यलाई सम्पर्क गर्दा उनी आँफुहरुको सम्पर्कमा नरहेको बताएका छन् । आचार्यका अनुसार वडा नं. १६ मा आज संक्रमित भएका व्यक्तिले आँफै गएर अस्पतालमा कोरोना परिक्षण गराएका थिए ।उनीसँगै पोखरा ६ का अर्का एक जनामा पनि आज नै कोरोना संक्रमण पुष्टी भएको छ ।

कमेन्टहरु
Loading...