पोखरा वडा नं. ९ को कर्मचारीमा कोरोना संक्रमण भएपछि वडा कार्यालय सिल हुने

पोखरा /मंगलबार पोखरा महानगरपालिका वडा नं.ल ९ मा कार्यरत एक जना कार्यालय सहायकलाई कोरोना संक्रमण पुष्टी भएपछि वडा कार्यालय शिल गर्ने योजना रहेको वडा अध्यक्ष रामराज लामिछानेले बताए । वडा अध्यक्ष लामिछानेका अनुसार ति संक्रमित कर्मचारी प्रहरी संक्रमितको आफन्त हुन् ।
कर्मचारीमा कोरोना संक्रमण भएको खवर पाएसँगै वडा कार्यालय बन्द गर्ने र संक्रमितहरु रहेको टोल सिल गर्ने योजनामा रहेको लामिछानेले बताए । लामिछानेका अनुसार अस्पतालको आइसुलेसन वेड खाली नभएका कारण संक्रमितहरु होम क्वारेन्टीनमा रहेका छन् ।
संक्रमित कर्मचारीसँग सम्पर्कमा रहेकाहरुको खोजी गरि पिसिआर टेगटका लागि स्वाब कलेक्सन गर्ने तयारीमा वडा लागिरहेको लामिछानेले बताए ।

कमेन्टहरु
Loading...