रौतहट, सप्तरी तथा सिराहाका २३ जनामा कोरोना पुष्टि

काठमाडौं । रौतहटमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही साउन २२ गते ७९ जनाको स्वाब संकलन पश्चात गरिएको परीक्षणका क्रममा गरुडा नगरपालिकाका १ महिला सहित ११ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यता राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको परीक्षणका क्रममा सप्तरी र सिराहाका १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । सिराहाका ८ र सप्तरीका ४ जना गरी ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

कमेन्टहरु
Loading...