गन्थन डेस्क
पोखरा महानगरपालिकामा ४ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएकाहरु वडा नम्बर ५ मा २ जना रहेका छन् । त्यस्तै, वडा १७ र ३० मा १–१ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
साथै, गण्डकी प्रदेशमा थप ४ जना संक्रमित भेटिएका छन् । थपिएका ४ मा बागलुङ र तनहुँबाट २–२ जना रहेको निर्देशनालयले पुष्टी गरेको छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको छ ।
हालसम्म प्रदेशमा संक्रमतिको संख्या १ हजार ६३१ पुगेको छ ।
