साढे १० लाख घुस सहित इन्जिनियर पक्राउ

काठमाडौं ।

रुपन्देहीको खानेपानी संस्थान बुटवलमा कार्यरत १ जना १० लाख ५५ हजार रकम सहित पक्राउ परेका छन् । नेपाल खानेपानी संस्थान बुटवल रुपन्देही कार्यालयका प्रमुख सातौं तहका इन्जिनियर सन्तोष साह स्रोत नखुलेको रकम सहित धादिङबाट पक्राउ परेका हुन् ।

बुटवलबाट गाडीमा काठमाडौं जाँदै गर्दा धादिङको धनुवेसी नगरपालिका ८ खानीखोलाबाट उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । साह चढेको लु १ ञ ९५ नम्बरको गाडीमा टोलीले जाँच गर्दा बैंकको भौचर ८ लाख २२ हजार र स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ सहित उनलाई पक्राउ गरिएको आयोगले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...