नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा ।

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८० जना कोरोना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ५ सय १५ जनाको नमूना संकलन पश्चात परीक्षण गरिएको थियो । त्यस्तै कोरोनामुक्त हुनेको संख्या १६ हजार ३ सय ५३ पुगेको छ । २४ घण्टामा ४ण् जना डिस्चार्ज भएपछि कोरोनामुक्त हुनेको संख्या १६ हजार ३ सय ५३ पुगेको हो ।

कमेन्टहरु
Loading...