पुलबाट हाम्फालेकी अधिकारीको एपीएफ टोलीद्वारा उद्धार

रुपन्देही ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका २ स्थित डण्डा खोलामा शनिबार पुलबाट हाम्फालेकी १ जना महिलालाई जीवितै उद्धार गरेको छ । सशस्त्र प्रहरी बल एपीएफ टोलीले सोही ठाँउ बस्ने २७ वर्षीय पवित्रा अधिकारीको जीवितै उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो । सशस्त्र प्रहरी बलको टोली अधिकारीले पुलबाट हाम्फालेको भन्ने जानकारी पाउनासाथ तत्कालै घटनास्थलमा खटिएको थियो । उद्धार पश्चात अधिकारीलाई उपचारका लागि आवश्यक उपचारार्थ भिम अस्पताल भैरहवातर्फ पठाइएको बताइएको छ ।

कमेन्टहरु
Loading...