बुद्ध भारतमा जन्मिएको भारतीय विदेशमन्त्री एस.जयशंकरको दावी

पोखरा ।

भारतीय उद्यमी तथा व्यवसायीहरुको संगठन कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्रिद्वारा शनिबार आयोजना भएको भर्चुअल सम्मेलनका क्रममा भारतीय विदेशमन्त्री एस.जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दावी गरेका छन् ।

‘हामीले आजसम्म महान् भारतीय भनेर चिन्ने २ जना हुन्, पहिलो गौतम बुद्ध र दोस्रो भनेको महात्मा गान्धी हुन् । यनी २ लाई चिन्ने विश्वका सबैले उनीहरुलाई महान् भारतीयका रुपमा चिन्छन् ।’ गौतम बुद्ध भारतमा जन्मिएको बताउने जयशंकर पहिलो व्यक्ति होइनन् । यस अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत पटक–पटक कार्यक्रममा गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्ने गरेका थिए । उनको यो दावीलाई नेपालीहरुले चर्को रुपमा विरोध गरेका थिए ।

कमेन्टहरु
Loading...