सुनसान बन्दै लामाचौर र बाटुलेचौर

पोखरा /पोखरा महानगरपालिका १९ मा स्थानियलाई कोरोना संक्रमण भएसँग १९ सँगै जोडिएको वडा नं. १६ ले पनि वडा शिल गर्ने प्रक्रियालाई अगाडी बढाएको छ । वडा शिलको पहिलो चरणको तयारी स्वरुप वडा नं. १६ ले प्रतिक्षालयहरुमा प्रवेश निषेध गरिएको वडा नं. १६ का वडा सदस्य राजेश गुरुङले बताए।
लामाचौरमा शुक्रबार थप छ जनामा कोरोना संक्रमण भएसँगै अति आवश्यक काममा बाहेक स्थानियहरु बाहिर निस्किएका छैनन् । शुक्रबारको तुलनामा लामाचौर ,बाटुलेचौर र केआइसिँह पुल लगायतका क्षेत्रहरुमा जनताको चाप अत्याधिक घटेको छ । संक्रमण स्थानिय स्तरमा भएसँगै पोखरा महानगरपालिका वडा नं. १९ र १६ लाई सिल गर्ने तयारी गरिएको छ ।

कमेन्टहरु
Loading...