पोखरा ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ७८ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रलायका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७८ जना रहेको जानकारी दिएका छन् । गएको २४ घण्टामा ७ हजार ८ सय ८८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
योसंगै कोरोना संक्रमितको संख्या नेपालमा २२ हजार ५ सय ९२ पुगेको छ । प्रा.डा.गौतमका अनुसार नेपालमा अहिले सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ६ हजार २ सय ६ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ४ सय ९९ जना घर फर्किएका छन् । योसंगै नेपालमा कोरोनामुक्त हुने संख्या १६ हजार ३ सय १३ पुगेको छ ।
त्यस्तै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको ब्रिफिङका क्रममा प्रा.डा.गौतमले जानकारी दिएका छन् ।