वीरगञ्ज ।
पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह सहित जिल्लाका ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ जना सर्लाही तथा १ जना बारा जिल्लामा छन् भने १० जनालाई कोरोनाको लक्षण खोकी लाग्ने र ज्वरो आउने समस्या देखिएको ।
शुक्रबार राति गरिएको परीक्षणका क्रममा ५५ जनालाई कोरोना पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको हो । संक्रमित हुनेमा ८ जना महिला छन् । १३ जनाले भने आफैं पेसा तिरेर परीक्षण गराएका थिए र उनीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बहुदरमाई नगरपालिकाका मेयर साह सहित अन्यले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा परीक्षणका लागि स्वाब दिएकोमा उनी सहित २५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
त्यस्तै नेपाली सेनाका १, पर्साका विभिन्न गाउँपालिका तथा वीरगञ्ज महागरपालिकाका गरेर २० जनामा संक्रमण भएको छ ।