पोखरा ।
लोकगायक प्रेमराजा महत तथा उनी श्रीमती कविता केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महतले आफ्नै सामाजिक सञ्जाल फेसबुकमार्फत श्रीमती र आफू दुवै जना कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । महतले आफ्नो छोरा डा.सरगम महतको निगरानीमा आफ्नै घरको १÷१ वटा कोठामा होम आइसोलेसनमा बसेको बताएका छन् । आफ्नो तथा परिवारको स्वास्थ्यमा ध्यान राख्दा राख्दै संक्रमित हुनु परेको उनको भनाई छ । यो भाइरसबाट जोगिन सतर्कता अपनाउन सबैलाई उनको आग्रह छ ।