नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७० पुग्यो, थप ४ सय ६४ जनामा संक्रमण

पोखरा ।

पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय २५ जना डिस्चार्ज भएर गएका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट ७० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

कोरोना संक्रमणको दर वृद्धि हुँदै गएको अवस्थामा सर्वसाधारण आफैले पनि स्वास्थ्यमा ख्याल नगरेर बिना काम हिंडडुल गरे उपचारका लागि बेड नपाउने अवस्था आउन सक्ने भन्दै स्वास्थ्यमा ख्याल गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

अत्यावश्वक बाहेक अन्य काममा घरबाहिर ननिस्कन डा.गौतमले आग्रह गरेका छन् । पछिल्लो समय लक्षण भएका बिरामीको संख्या बढ्दै गएको उनले बताए । लकडाउन खुकुलो भएपछि स्थानीयस्तरमा समेत कोरोना देखिन थालेको भन्दै उनले बेलाबेलामा साबुन पानीले हात धुन, मास्कको नियमित प्रयोग गर्न, स्यानीटाइजर प्रयोग गर्न तथा सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...