पोखरा/पोखरामा ट्राभल हिष्ट्री नभएका संक्रमितहरुको संख्या बढ्दै गएको छ । पोखरा १९ लामाचौरमा शुक्रबार भेटीएका संक्रमितहरु मध्ये पाँच जना संक्रमित सच्चाई जाने गरेको वडा १९ का स्वास्थ्य शाखाका प्रमुख श्याम सुन्दर आचार्यले गन्थनलाई बताएका छन् । आचार्यकमा अनुसार अर्का एक जना संक्रमित पनि सामाजिक काममा हिडडुल गर्ने व्यक्ति भएको बताएका छन् ।
सवै संक्रमितहरु स्वाब कलेक्सन गरेको दिनदेखी नै क्वारेन्टीनमा बस्दै आएको आचार्यले बताए । आचार्यका अनुसार उनीहरुलाई होम आइसुलेसनमा राख्ने कि सरकारी आइसुलेसनमा लैजाने भन्ने कुराको निर्णय भने पोखरा महानगरपालिका गर्नेछ । अहिले पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन भरिएको छ भने लेखनाथको लेखनाथ लायन्स अस्पतालको भने निर्माणको काम नै सकिएको छैन ।