काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट पाटन अस्पतालको आइसियूमा उपचाररत २ जनाको ज्यान गएको छ । आज शुक्रबार सर्लाहीका ४५ वर्षीय पुरुष तथा रुपेन्देही सुनौलीकी ४१ वर्षीय महिलाको पाटन अस्पतालमा ज्यान गएको हो ।
मृक्तक महिलालाई पाठेघरको क्यान्सर र निमोनियाको समस्या थियो । उनी १९ गते अस्पताल भर्ना भएकी थिइन् । बिहान ११ बजेको समयमा उनको उपचार कै क्रममा ज्यान गएको हो ।
त्यस्तै सर्लाही घर भएका पुरुषलाई कुकुरले टोकेको थियो । र उनी पनि १९ गते नै अस्पताल भर्ना भएका थिए । ती पुरुषको बिहान ८ बजेर ४० मिनेट जाँदा ज्यान गएको हो । उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको आइसोलेसन कक्षमा उपचार भइरहेको थियो ।