अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द गर्ने उपत्यकाका ३ वटै जिल्लाको निर्णय

काठमाडौं ।

काठमाडौं उपत्यकाका ३ वटै जिल्लाले यही आइतबारबाट २ हप्ताका लागि अत्यावश्वक बाहेकका सबै सरकारी तथा निजी कार्यालय बन्द गर्ने निर्णय भएको छ ।

राजधानी लगायत उपत्यकाका अन्य जिल्लामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि काठमाडौं, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित बसेको बैठकले अत्यावश्वक बाहेकका सबै सरकारी तथा निजी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको कार्यालयमा समेत अत्यावश्यक बाहेकका अन्य सेवा बन्द हुने छ । पूर्ण रुपमा लकढाउन नभए पनि मानवीय आवतजावतमा भने कडाई गरिने भएको छ ।

संक्रमण बढी देखिएका उपत्यकाका स्थानलाई सिल गर्ने निर्णय समेत भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् । निर्णय अनुसारमा काठमाडौंका महाबुद्ध तथा टेकु लगायतका क्षेत्रलाई सिल गरिेन उनले बताएका छन् ।

विभिन्न व्यापारिक प्रतिष्ठान तथा सपिङ मलमा चेकजाँच गरेर सुरक्षाका मापदण्ड पालना भएको छ या छैन भन्ने पत्ता लगाएर पालना नगर्नेलाई बन्द गरी कारवाही गर्ने सहमति समेत भएको छ ।

कमेन्टहरु
Loading...