काठमाडौं ।
खुट्टा सुन्निएर ज्वरो आउने समस्या देखिएपछि कैलाली टिकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई उपचारका लागि वीर हस्पिटल लगिएको छ । २०७२ सालको भदौमा टिकापुरमा ७ जना प्रहरी सहित ८ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको भन्दै उनी २०७५ पुस १९ मा जेल चलान भएका थिए । घटना पछि चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएर विजयी समेत बनेका थिए ।