पोखराको लामाचौरमा सच्चाइमा जाँदा कोरोना संक्रमण

पोखरा/पोखरा महानगरपालिका १९ लामाचौरमा सच्चाइमा गएका छ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितहरु धेरै सच्चाइमा जानेका गरेको बिशेष स्रोतको दावी रहेको छ । यद्यपी १९ नम्बर वडाका वडा अध्यक्ष सोभा मोहन पौडलले भने आँफु अर्को कार्यक्रममा रहेको कारण केहि जानकारी नभएको र बुझेर खवर गर्ने बताएका छन् ।
संक्रमितको बारेमा बुझ्न खोज्दा महानगर स्वास्थ्य शाखा प्रमुख हेमन्त पौडेलले आँफु अर्को वडामा कन्ट्याक ट्रेसिङ अर्को वडामा गएको बताएका छन् । वडाका एक कर्मचारीका अनुसार ६७ जनाको स्वाब कलेक्सन गरिएको छ । ति कर्मचारीका अनुसार आज संक्रमित भएका धेरै व्यक्तिचाँही सच्चाइमा जाने गरेका थिए । उनीहरु स्वाब कलेक्सन गरिएको दिनबाट नै होम क्वारेन्टीनमा बस्दै आएका थिए ।
बिस्तृत समाचारका लागि गन्थन डटकम लगइन गरिरहनुहोस ।

कमेन्टहरु
Loading...