एकतर्फी मायाले क्याम्पस प्रमुख प्रहरी खोरमा

क्याम्पसमा कार्यरत एकल महिलाको एकतर्फि मायामा छन्दनायक 

पोखरा, ७ कार्तिक /पोखराको जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवं साहित्यिक क्षेत्रमा राम्रो छवि बनाएका माधव वियोगी घिमिरेलाई मंगलबार प्रहरीले क्याम्पस परिसरबाटै पक्राउ गरेको छ । आफ्नै क्याम्पसमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको र मोवाइलबाट गलत सन्देश पठाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Madhab-Biyogi1सोही क्याम्पसको लेखा शाखामा कार्यरत कर्मचारी गंगा पौडेललाई करिब २ वर्षदेखि गलत किसिमका मोवाइल सन्देश पठाउँदै आएका वियोगीका बारेमा ती कर्मचारीले पटक–पटक विभिन्न व्यक्तिमार्फत र आफूले समेत त्यस्तो नगर्न आग्रह गरेको भएपनि वियोगीले अटेर गरेकोले प्रहरीमा उजुरी दिएको बताइन्छ ।

पौडेलका श्रीमान्को ६ वर्षअघि निधन भएको थियो । उनी सोही क्याम्पसका पूर्व अध्यक्ष पर्शराम बरालकी आफन्त समेत हुन् । महिला कर्मचारी पौडेलले वियोगीका क्रियाकलापका बारेमा सोही क्याम्पसको प्रशासन शाखामा कार्यरत वियोगीकी श्रीमती शरिता घिमिरेलाई समेत जानकारी गराएको तर उनले बारम्बार अटेर गरेपछि बाध्य भएर घटनालाई बाहिर ल्याएको स्रोतले जनाएको छ

मंगलबार क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दामोदर चालिसे, उपाध्यक्ष ईन्द्र कुँवर, कोषाध्यक्ष जनकराज पराजुली र सदस्य तेजनारायण अधिकारी समेतको उपस्थितिमा वियोगीले क्याम्पस प्रमुख पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा तत्कालै स्वीकृत गरिएको पत्र समेत वियोगीलाई मंगलबार साँझ नै बुझाइएको थियो ।

जनप्रिय क्याम्पसमा संचालक समितिको आन्तरिक द्वन्दका कारण गतवर्ष तत्कालीन क्याम्पस प्रमुख भरतराज गौतमले राजीनामा दिएपछि वियोगीलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएकोमा उनको पदावधि बाँकी रहेकै अवस्थामा महिलालाई दुव्र्यवहार गरेको आरोप लागेपछि राजीनामा दिएर प्रहरी हिरासतमा पुग्नुपरेको विहिबारको पोखराबाट प्रकाशीत गोल्डेन न्ययुज दैनिकले छापेको छ ।

कास्कीका प्रहरी नायव उपरीक्षक रोशन खड्काका अनुसार उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कार्वाही गर्न पीडित महिलाको तर्फबाट उजुरी परेपछि बुधबार नै जिल्ला प्रशासन कार्यालय लगी सातदिनको म्याद थपिएको छ । वियोगीले उक्त घटना सार्वजनिक भएपछि क्याम्पस संचालक समितिका पदाधिकारीहरू संग पनि आफूले कर्मचारी गंगा पौडेललाई मन पराउने र विभिन्न एसएमएस पठाएको स्वीकारेको समितिका एक सदस्यले जानकारी दिए ।

‘वियोगीले कहिले एसएमएस पठाउने, कहिले ती महिला कर्मचारीको फोटो खिच्ने र तिमी
मसंग नभएपनि फोटो हेरेर बस्छु भन्ने गरेका रहेछन्’ ती सदस्यले भने । छन्द नायक र छन्द गुरुको रुपमा प्रसिद्धि कमाएका वियोगी छन्द बचाउ अभियानका अभियन्ता समेत हुन् । वियोगीले आफ्नो छोरीको नाम छन्दिका र ज्वाइँको नाम छन्दमणि राखेर साहित्यिक क्षेत्रमा चर्चा बटुलेका थिए ।

वियोगीका धर्मराज, छन्दशिरोमणि, गोकुल लगायत पाँच महाकाव्य, प्रेम र विधवा, लाहुरे,
विष्णुमाया, अलिमियाँ लगायत दर्जन खण्डकाव्य र केही कविता संग्रह र उपन्यास समेत प्रकाशित छन् । उनी अधिवक्ता र पत्रकारका रुपमा पनि चिनिन्छिन् ।

कमेन्टहरु
Loading...