कोरोनाबाट सिरहाका १ जना युवकको मृत्यु

पोखरा ।

धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति १ जना २१ वर्षीया कोरोना संक्रमित युवाको ज्यान गएको छ । सिरहास्थित गोलबजार घर भएका ती युवक मृगौलाको रोगबाट ग्रसित थिए ।

केही दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको उनले डायलासिस गराउँदै आएका थिए ।

उनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भए पछि जनकपुर लगिएको थियो । तर उपचार सम्भव नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिए पछि बचाउन नसकिएको सिरहामा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...