पोखरा /पोखरामा रहेको सयौं सहकारी मध्य आफ्नो छुट्टै पहिचान बनाउन सफल सहकारी हो ‘पोखरा रोयल सहकारी संस्था’ ।
विसं २०५९ सालमा स्थापना भएको सहकारीले आफ्नो कारोवारलाई समय अनुकुल प्रविधी मैत्री बनाउँदै आएको छ ।
पोखरा बुद्धचोकमा प्रधान कार्यलय रहेको सहकारीले साउन ११ गते देखी आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्ने गरि रोयल स्मार्ट बैकिङ्गको सुरुवात गरेको हो ।
सहकारीका प्रवन्धक मिलन ढकालका अनुसार लकडाउन अवधीमा सदस्यहरुले भोगेका दुखः लाई पनि महशुस गर्दैं भौतिक रुपमा उपस्थिती बिना नै कारोवार गर्न सकिने गरि सेवा प्रारम्भ गरेको हो ।
सेवाग्राहीहरुलाई कारोवारमा सहजताको हुनेगरि सहकारीले ३ लाख ६१ हजार खर्चे गरेर एप्स संचालनमा ल्याएकोे ढकालले जानकारी दिनुभयो ।
‘कोभिडको समयमा सदस्यहरुले त्यो खालको सुविधा माग गर्नुभयो , एटिएम त पहिले बाट नै चलाइरहेका छौं उहाँहरुले प्रविधीको खाँचो महशुस गरेर यि सुविधा खोज्नुभयो’ ढकालले भने ।
स्मार्ट बैकिङ्ग सेवा लिने सदस्यहरुले एप्सबाट खाताको ब्यालेन्स हेर्न, १० वटा कारोवार सम्मको स्टेटमेन्ट हेर्न र सहकारीभित्र खातामा रकमान्तर गर्न सक्नेछन् ।
यस्तै एप्स मार्फत ५३ वटा बैंकहरुबाट सहकारीमा र सहकारीबाट बैंकहरुमा रकमान्तर गर्न सकिनेछ ।
मोबाईल रिचार्ज, खानेपानी, बिजुली, ईन्टरनेट, टेलिफोनको बिल भुक्तानी गर्न, हवाईजहाजको टिकटको भुक्तानी सेवा पनि एप्स मार्फत लिन सकिनेछ ।
सहकारीले एप सञ्चालनमा ल्याउनु अघि १५ प्रतिशत सदस्य सेवाग्राहीसंग सर्वेक्षण गरेको थियो ।
एप्स संचालनमा आइसकेपछि हाल करिब २ सय ५० जना सदस्य सेवाग्राहीले नियमित सेवा लिइसकेका छन् ।
‘तीन महिनालाई पहिलो चरणको अवधीको रुपमा लिएका छौं, यो अवधी भित्र १ हजारलाई रोयल स्मार्ट बैकिङ्गमा आवद्ध गराइसक्छौं’,उनले भने ।
सहकारीमा हाल ७ हजार ५ सय १ जना सदस्य रहेका छन् ।
सुरुवाती चरणमा एप्सको सेवा लिने सदस्यहरुलाई कुनैपनि शुल्क नलिइएको ढकालले बताए।
एप्स संचालनमा आएदेखी सदस्यहरुले वित्तिय सेवा प्रवाहमा सहजता महशुस गरेको सहकारीको विश्वास छ ।
गतवर्ष देखी सहकारीले पोखरा र दुलेगौंडा शाखा मार्फत एटिएम सेवा प्रवाह गराउँदै आएको छ ।
२०८२ बैशाख ९ गते मंगलवार
पोखरा रोयल सहकारीले ल्यायो ‘रोयल स्मार्ट एप्स’
कमेन्टहरु