नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण

पोखरा ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ६ हजार ६ सय २२ जनाको कोरोना भाइरस परीक्षण गर्दा ३ सय ६० जनामा पुष्टि भएको जानकारी दिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

त्यस्तै आज कोरोना संक्रमणमुक्त भएर २ सय ३३ जना डिस्चार्ज भएका छन् । आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ जना पुगेको छ । त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...