पोखरा /पछिल्लो केहि दिनमा पोखरामा ट्राभल्स हिस्ट्री नभएका कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आजमात्र पोखरा ८ का एकै परिवारका चार जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण देखिएका कसैको पनि ट्राभल हिस्ट्री नभेटीएको जिल्ला जनस्वास्थ्य कार्यालयका निर्देशक बाबुराम आचार्यले गन्थनलाई बताए ।
आचार्यका अनुसार आज संक्रमितहरु आफ्नै घर होम आइसुलेसनमा बसिरहेका छन् । संक्रमितको स्वास्थ्यमा केहि समस्या नदेखिएकाले गर्दा उनीहरुलाई होम आइसुलेसनमा नै राखिने आचार्यले बताए । आचार्यका अनुसार सिङ्गगो परिवार नै केहि दिनदेखि होम क्वारेन्टीनमा बस्दै आएका थिए ।
२०८२ पुष १२ गते शनिबार