प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना

पोखरा ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरस पुष्टि भएको छ ।

पहिलो घेरामा रहेका सुरक्षाकर्मीमा कोरोनाको संक्रमण नदेखिएको भएपनि गेटमा खटिने सेन्ट्री टोली सहितका सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भएको पार्टी अध्यक्ष प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणका क्रममा उनीहरुलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको बताइएको छ ।

कमेन्टहरु
Loading...