पोखरा /पोखरामा कोरोना संक्रमण संख्या बढ्दै गर्दा संक्रमितको बारेमा स्थानिय सरकार भने बेखवर रहेको छ । बिहिवार पोखरा महानगरपालिका ४ नं. वडामा बस्ने व्यक्तिमा संक्रमण भनेर सुचना प्रकाशित भयो । हामीले संक्रमितको बारेमा बुझ्न वडा नं. ४ का वडा अध्यक्ष शंकर बाँस्तालालाई सम्पर्क ग¥यौँ । वडा अध्यक्ष शंकर बाँस्तोलाले प्रदेश जनस्वास्थ्य प्रयोगशाले आँफुहरुलाई संक्रमितको बारेमा केहि नवताएको बताए । वडा अध्यक्ष बाँस्तोला संक्रमितको बारेमा बुझ्न प्रदेशको जनस्वास्थ्य प्रयोगशाला पनि पुगे । तर उनले नै सुचना पाउन सकेन उनले सिडियोलाई पनि खवर गरे त्यहाँबाट पनि उनलाई संक्रमितको बारेमा खवर प्राप्त हुन सकेन । हामीलाई वडा अध्यक्ष बाँस्तोलाले सम्वन्धित निकायबाट सुचना पाउन नसकेको बताए ।
हामीले महानगरको स्वास्थ्य शाखा प्रमुख हेमन्त पौडेललाई सम्पर्क ग¥यौँ उनले पनि कार्यालय पुगेको छैन भन्दै टालटुल गरे । पछि हामीले संक्रमितको बारेमा बुझ्न प्रदेश स्वास्थ्य कार्यालयका निर्देशक विनोद बिन्दु शर्माको फोन उठेन ।
आफ्नै वडामा संक्रमित भएको कुरा पनि महानगर र स्वास्थ्य कार्यालयले लुकाउदा कन्ट्याक ट्रसीङ गाह्रो भएको वडा अध्यक्ष बाँस्तोलाले बताए ।
जिम्मेबार निकायबाट नै सुचना लुकाउनुको पछाडी संक्रमित व्यक्ति हाइप्रोफाइलको व्यक्ति हुन कि भन्ने अनुमान लगाउन सकिन्छ ।
२०८२ पुष १२ गते शनिबार
किन लुकाइयाे पोखराको कोरोना संक्रमितबारे सुचना ?
कमेन्टहरु