पोखरा ।
पर्साको वीरगञ्जमा थप ४३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । ४३ जनामध्ये ११ जना नेपाली सेना छन् भने बाराका देवतालमा १ र रौतहट मौलापुरका १ जना रहेका छन् ।
बुधबार राति नारायणी अस्पतालको प्रयोगशालाका गरिएको परीक्षणका क्रममा भेटिएका संक्रमितमा ६ जना महिला समेत छन् । केही संक्रमितले आफैं व्यक्तिगत रुपमा पैसा तिरेर परीक्षण गराएका थिए ।
४३ जनामध्येमा ५ जनामा खोकी तथा ज्वरो आउने लगायतका लक्षण देखिएका छन् ।
कन्ट्याक ट्रेसिङका आधारमा ३ जना, नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत १ जना कर्मचारी, नारायणी अस्पतालमा डाइलासिस गराउँदै आइरहेकी १ जना महिला, अस्पतालको अपरेसन विभागमा कार्यरत १ जना नर्स र उनको परिवारका २ जनामा पनि संक्रमण देखिएको छ ।