पोखरा ।
सप्तरीमा कोरोना भाइरसको लक्षणसंग मिल्दो लक्षण देखिएर ज्यान गुमाएका ३ मध्ये १ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्लाको निजी अस्पतालमा उपाचार गराइरहेका २ जनाको समेत निधन भएपछि शंकामा आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएको हो । उनी करिब ४५ दिन अगाडि मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका थिए ।
जिल्लाको रुपनी गाउँपालिका ५ का ४५ वर्षीय ती पुरुषलाई एक्कासी ज्वरो आउने र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि धरान लैजादै गर्दा उनको बाटोमा नै ज्यान गएको थियो । अन्य २ जनामा भने कोरोना संक्रमण नदेखिएको बताइएको छ ।