गण्डकी प्रदेशका सबै जिल्लामा कृषि र पशुपंक्षी सेवा

पोखरा ।

गण्डकी प्रदेश सरकारले जिल्लास्थित कृषि तथा पशुपंक्षी कार्यालयको सेवा ११ वटै जिल्लामा पु¥याउने भएको छ । कार्यालतका सेवा लिन सेवाग्राही १ जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने बाध्यतालाई अन्त्य गरी जिल्लाभित्रै सेवा प्रवाहको व्यवस्था गर्न कार्यालय नभएका जिल्लामा कार्यालय स्थापना गर्न लागिएको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतका कृृषि ज्ञान केन्द्र थप ५ जिल्लामा तथा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र ४ जिल्लामा विस्तार गर्ने तयारी गरिएको मन्त्री लेखबहादुर थापामगरले जानकारी दिएका छन् । उनका अनुसार हाल प्रदेशका ६ वटा जिल्लामा कृषि ज्ञान केन्द्र रहेकामा विस्तार गरी नवलपुर, कास्की, बागलुङ, मनाङ र मुस्ताङमा कार्यालय स्थापना गरिनेछ ।

त्यसैगरी पर्वत, नवलपुर, मनाङ र मुस्ताङमा विज्ञ केन्द्र स्थापना हुने छन् । हाल ७ जिल्लामा विज्ञ केन्द्र छन् । सबै जिल्लामा कार्यालय नहुँदा एउटा कार्यालयले १ भन्दा बढी जिल्ला समेत हेर्नुपथ्र्यो ।

जिल्लास्थित कार्यालयकोे सेवा सबै जिल्लामा पु¥याउन हालको कर्मचारी दरबन्दीभित्रै रहेर संगठन संरचना व्यवस्थापनको काम भइरहेको र केही थप कर्मचारी आवश्यक परेमा करारबाट नियुक्त गरिने उनले बताएका छन् । ‘हामीले सबै जिल्लामा कार्यालय स्थापनाका लागि संगठन संरचना व्यवस्थापनको काम गरिरहेका छौं, मन्त्रिपरिषद्बाट संगठन व्यवस्थापन पारित भएपछि आगामी भदौ दोस्रो साताभित्रमा कार्यालय स्थापना गर्न सुरु गर्छौं, सकभर मौजुदा कर्मचारीबाट नै व्यवस्थापन गरिन्छ ।’ उनले भने ।

प्रदेश लोकसेवा आयोग गठन भइ नसकेकाले समेत आवश्यक कर्मचारी करार प्रक्रियाबाट नियुक्ति गरेर भए पनि कार्यालय विस्तारमा सरकार छ । कृषि मन्त्रालयअन्तर्गत हाल कृषि विकास निर्देशनालय, पशुपंक्षी विकास निर्देशनालय तथा अन्य २४ कार्यालय छन् । रासस

कमेन्टहरु
Loading...