सफल कपमा आयोजक र एपिएफ भिड्ने

गोकुल बानिया/पोखरा ७ कार्तिक । पोखरामा जारी तेस्रो सफल पोखरा कपमा आज आयोजक पोखरा –११ र शसस्त्र प्रहरीको एपिएफ क्लब बिच प्रतिश्पर्धा हुदैछ । खेल पोखरा रंगशालामा दिउसो साढे २ बजे सुरु हुनेछ । पहिलो संस्करणमा घरेलु टोलिलाई सेमिफाईनल सम्म पु¥याएका प्रशिक्षक कृष्ण थापाको प्रशिक्षणमा एपिएफ आज मैदान उत्रदैछ ।

प्रतियोगिताको पहिलो संस्करणमा सहभागिता नजनाएको एपिएफ अघिल्लो बर्ष सफल कपको क्वाटरफाईनलमा मनाङसंग पराजित भएको थियो । आयोजक टोलिलाई कम नआकिएको र आफ्नो पहिलो खेल भएकाले अबसर र चुनौति दुबै रहेको प्रशिक्षक थापाले बताए ।राष्ट्रिय टिमका पूर्ब प्रशिक्षक समेत रहेका थापाले टिम सम्हाल्दा पहिलो सफल कपमा आयोजकको टिम सेमिफाईनल सम्म पुगेको थियो । पहिलो संस्करणको सेमिफाईनलमा धनमुण्डी क्लबसंग ३–० को हार संगै उपाधि होडमा पुग्न नसकेको पोखरा – ११ दोस्रो संस्करणको पहिलो चरणमै एनआरटीसंग २–१ ले पराजित भएको थियो ।
शारिरिक रुपमा पनि मजबुद रहेकाले आयोजकको टिमलाई एपिएफ बिरुद्ध जित निकाल्न त्यति सहज भने छैन । तर ब्वाईज युनियन र संकटाका केहि खेलाडि सहित नयाँ खेलाडिको साथमा मैदान उत्रन लागेको आयोजकले एपिएफलाई हराउदै अर्को चरणको यात्रा तय गर्ने लक्ष्य लिएको प्रशिक्षक पुष्प केसीले बताए ।
आजको बिजेताले अन्तिम चारको लागि कार्तिक ११ गते थ्रिस्टारको सामना गर्नुपर्नेछ । यसअघि हिजोको खेलमा जित निकाल्दै हिमालयन शेर्पा क्लब अन्तिम आठमा पुगिसकेको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा तीन बिदेशी सहित १२ टिम सहभागि छन् ।

कमेन्टहरु
Loading...