पोखरामा एकसहित प्रदेशभर एघार जनामा कोरोना संक्रमण

पोखरा/देशभर कोरोना संक्रमणको दर बढ्दै गर्दा पोखरामा पनि कोरोना संक्रमण बढ्दो छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण भेटिएको छ । यसैगरि पोखरामा पनि थप एक जनामा कोरोना संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखराका संक्रमित वडा नं. ४ को बासिन्दा रहेको भने पनि पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष शंकर बाँस्तोलाले संक्रमितको बारेमा आँफुलाई कुनै जानकारी नभएको बताएका छन् ।
कास्कीमा एक ,पर्वतमा एक ,गोरखामा छ र नवलपरासीमा चार गरि एघार जनामा संक्रमण देखिएको छ ।

कमेन्टहरु
Loading...