कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या बढ्यो, आज मात्रै ५ जनाको मृत्यु

पोखरा ।

कोरोना भाइरसको संक्रमणबाट नेपालका विभिन्न जिल्लामा गरेर एकैपटक ५ जनाको ज्यान गएको छ । काठमाडौंका १ सहित मोरङ र पर्सामा २/२ जना गरेर कोरोना संक्रमणबाट एकै दिनमा ५ जनाको ज्यान गएको हो ।

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत रहेकी सर्लाहीकी ६५ वर्षीय महिलाको कोरोना भाएरसका कारण ज्यान गएको हो । साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको उनलाई स्क्रब टाइफसका साथै निमोनिया समेत रहेको बताइएको छ ।

यस्तै पर्सामा पोखरिया नगरपालिकाकी १८ वर्षीय युवती तथा वीरगञ्ज १५ का ४६ वर्षीया पुरुषको पनि आजै कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । १८ वर्षीया युवतीको मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको थियो । झाडापखाला लागेर गत सोमबार नेसनल मेडिकल हस्पिटल लगिएको भएपनि इमरजेन्सीमा पुग्ना साथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

शंकाका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै ४६ वर्षीया पुरुषले सशुल्क कोरोना परीक्षण गराएका थिए । मधुमेहका रोगी उनलाई २० गते ज्वरो आउनुका साथै खोकी लागेको थियो । अवस्था गम्भीर बन्दै गएपछि अक्सिजन दिएर उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार हुन नसकेर ज्यान गएको हो ।

मोरङमा भने १ जनालाई हस्पिट ल्याउने क्रममा र अर्का १ जनाको आइसोलेसन कक्षमा कोरोनाका कारण ज्यान गएको हो ।

आइसोलेसन कक्षमा ज्यान गुमाउने पुरुष विराटनगरका हुन् भने बाटैमा ज्यान गुमाउने रंगेली नगरपालिकाको रहेको बुझिएको छ । उनीहरु दुवैको आज दिउँसो कोरोनाको रिर्पोट पोजेटिभ आएको हो ।

कमेन्टहरु
Loading...