पश्चिमाञ्चल उच्च मावि मा खेलकुद कार्यक्रम सम्पन्न्

पोखराको गैहापाटन रहेको पश्चिमाञ्चल उच्च माविमा वार्षिक खेलकुद कार्यक्रम हिजो सम्पन्न भयो । विद्यार्थीहरुलाई पठनपाठनको साथसाथै शारीरिक तथा वौद्धिक विकासको लागी सहयोग पु¥याउने उद्धेश्यका साथ आयोजित खेलकुद कार्यक्रममा नर्सरी देखी कक्षा ९ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख दुगानारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फुटवल,वास्केटवल एथेलेटिक्स, म्यूजिकल चियर हाइजम्प ,टेवल टेनिस लगायतका खेलहरु समावेश गराइएको विद्यालयका प्राचार्य तारावहादुर घिमिरेले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...