गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि, पोखरामा आजै १० जना थपिए

पोखरा ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिकामा ३८ वर्षीय १ जना पुरुष र बाग्लुङको गल्कोट नगरपालिकाका ३४ वर्षीय पुरुष तथा जैमनी गाउँपालिकामा २५ वर्षीया १ महिलामा कोरोना भाइरस पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा ३ जना संक्रमित थप भएको स्वास्थ्य निर्देशनालय निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिएका हुन् । योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ५५ पुगेको छ ।

आज बिहान मात्रै पोखरा महानगरपालिकामा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।

यस्तै प्रदेशमा कोरोना भाइरसमुक्त हुनेको संख्या १३ सय ६२ पुगेको छ ।

कमेन्टहरु
Loading...