वीरगञ्जमा थप १ को कोरोनाबाट मृत्यु

पोखरा ।

पर्साको वीरगञ्ज महानगरपालिकामा कोरोना भाइरसका कारण थप १ जनाको ज्यान गएको छ । महानगरपालिका वडा नमबर १५ का ४६ वर्षीय पुरुषको कारोनाका कारण ज्यान गएको हो ।

ज्यान गुमाउने ती पुरुषमा केही समयबाट ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षण देखिएको थियो । साथै उनी मधुमेहको रोगी रहेको समेत नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिएका छन् । शंकाका आधारमा उनको साउन १८ गते स्वाब संकलन गरेर परीक्षण गर्दा १९ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि हिजो उनलाई अस्थायी कोभिड हस्टिल भर्ना गरिएकोमा उपचारकै क्रममा उनको आज ज्यान गएको हो । योसंगै जिल्लमा कोरोना भाइरसबाट जयान गुमाउनेको संख्या १४ पुगेको छ ।

कमेन्टहरु
Loading...