बाग्लङ ।
बाग्लुङको धौलागिरी अञ्चल अस्पताल अन्तरगत धौलागिरी क्याम्पसमा कार्यरत १ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । २५ वर्षीय ती नर्समा कोरोना भाइरस संक्रमणको पुष्टि भएसंगै अस्पतालका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द भएको छ ।
ती नर्समा कोरोना भाइरससंग मेल खाने केही लक्षण देखिएपछि परीक्षणका लागि स्वाब संकलन गरेर पठाएको र रिर्पोट पोजेटिभ आएको अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र विकले जानकारी दिएका छन् ।
संक्रमित नर्सको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । लक्षण नदेखिएको भएपनि उनीसंगै काम गर्ने अर्की नर्सलाई समेत क्वारेन्टिनमा पठाइएको छ । उनको पनि स्वाब संकलक गरेर परीक्षणका लागि पठाइएको डा.विकले जानकारी दिएका छन् ।