पोखरा ।
नेपाली बजारमा सुनको मल्य १ लाख १ हजार ४ सय पुग्दै नयाँ रेकर्ड कायम गरेको छ ।
मंगलबार सुन बजारमा ९९ हजार ८ सयमा कारोबार भएको थियो । बुधबार भने सुनको मूल्य १६ सय रुपैयाँले बढेर १ लाख १ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । महासंघका अनुसार सुनको मूल्य अझै बढ्न सक्ने सम्भावना रहेको छ । पछिल्लो समय सुनको मूल्यले एक पछि अर्को गरेर कीर्तिमान कायम गरिरहेको छ ।
यता चाँदीको मूल्य १ हजार २ सय ९५ पुगेको छ । यस अगाडि चाँदीको मूल्य मंगलबार नेपालमा १२ सय ३० रहेको थियो ।