पोखरा ।
बुधबार कास्कीमा एकै पटक ९ जना कोरोना संक्रमित भेटिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिकामा एकै पटक ९ जना संक्रमित भेटिएका हुन् ।
कोरोना संक्रमित १७ वर्षका २ जना रहेका छन् । त्यस्तै २०, २१, २३, २७, ३०, ४५ र ५७ वर्ष उमेर समूहका रहेको प्रतिष्ठानका निर्देशन डा विनोद विन्धु शर्माले जानकारी दिएका छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ५२ पुगेको छ । संक्रमित सबै जना आइसोलेसनमा नै रहेको डा.शर्माले बताए ।
त्यस्तै गण्डकी प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या १३ सय ५४ पुगेको छ ।