हिमालय शेर्पा सफल पोखरा कपको क्वाटरफाईनलमा

सागर राज तिमिल्सिना
पोखरा ६ कार्तिक /यति हिमालय शेर्पा क्लब तेस्रो सफल पोखरा कपको क्वाटरफाईनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा पाहुना टोलि यति एफसि अष्ट्रेलियालाई २– ० ले पन्छाउदै शेर्पा अन्तिम आठमा पुगेको हो । बिजेता शेर्पाले कार्तिक १० गते बिभागिय टिम आर्मीको सामना गर्नेछ । शेर्पाको जितमा म्यान अफ दि म्याच धिरज तामाङ र सेगुनको गोल निर्णायक बन्यो । बिपक्षी टिमको कमजोर रक्षापक्तिको फाईदा उठाउदै खेलको २५ औं मिनेटमा तामाङको गोलबाट अग्रता लिएको शेर्पाले ५८ औं मिनेटमा सेगुनको गोल संगै अग्रता दोब्बर गरेको थियो । yati himalayan sherpa clubगोर्खाकप देखि टिम सम्हालेका शेर्पाका प्रशिक्षक बिकास गौचनले बिदेशी टिमको खेल अनुसारको रणनीति अपनाएकाले जित हात पारेको प्रतिक्रिया दिए । खेलाडिको प्रदर्शन सन्तोषजनक रहेको उनले बताए । आर्मी संगको अबको खेल अबसर र चुनौति दुबै रहेको गौचनले बताएका छन् । यसअघिका दुई वटा संस्करणमा शेर्पा सेमिफाईनलबाट अघि बढ्न सकेको थिएन ।

प्रतियोगिता अबधिभर थुप्रै अबसर पाएपनि सदुपयोग गर्न नसक्दा अष्ट्रेलिया पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । टिममा रहेका नेपाली र बिदेशी खेलाडिको तालमेल नमिल्नु पनि अष्ट्रेलियाको लागि दुर्भाग्य बन्यो । ‘मौका धेरै पाएपनि सदुपयोग गर्न सकिएन , अष्ट्रेलियाका प्रशिक्षक प्रबेश केसीले भने ‘अनुभबि स्ट्राईकर भएनन् ।’ मैदान र मौषम दुबै अनुकुल नभएकाले खेलाडिले सोचे अनुसार प्रदर्शन गर्न नसकेको उनले बताए ।
प्रतियोगिता अन्र्तगत भोलिको खेल आयोजक पोखरा – ११ र शसस्त्र प्रहरीको एपिएप बिच हुनेछ । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले विजेताले ३ लाख ५५ हजार र उपविजेताले २ लाख १ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैबिच प्रतियोगितामा सहभागि यति एफसि अष्ट्रेलियाले एन्फा कास्कीले स्थापना गरेको खेलाडि अक्षयकोषको लागि एक लाख रुपैया सहयोग गरेको छ । अक्षयकोषमा अहिलेसम्म ९ लाख भन्दा बढी संकलन भएको एन्फा कास्कीले जनाएको छ ।

तस्वीर सौजन्य ः गोल नेपाल डटकप

कमेन्टहरु
Loading...