नेपालमा थप २५९ जना कोरोना संक्रमित फेला

पोखरा ।

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरस पुष्टि भएसंगै संक्रमितको संख्या २१ हजार ९ सय पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६५ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसंगै नेपालमा निको हुनेको संख्या १५ हजार २६ पुगेको डा.गौतमले जानकारी दिएका छन् ।

त्यस्तै कोरोनाका कारण १ जनाको ज्यान गएको छ । योसंगै कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

कमेन्टहरु
Loading...