फेरी लकडाउन हुने सम्भावना, पाँच बजे मन्त्रिपरिषद बैठक बस्दै

पोखरा/नेपाल सरकार मन्त्रीपरिषदको नियमित बैठक आज पाँच बजे बस्दैछ । मन्त्री परिषद बैठक बस्नुअघि प्रधानमन्त्री केपि शर्मा ओलीले बिज्ञहरुसँग र राजनीतिक दलका नेताहरुसँग कोरोना नियन्त्रणका बारेमा छलफल गरेका थिए । छलफलमा सहभागी अधिकांशले लकडाउन गर्नुपर्ने धारणा राखेको स्रोतको दावी छ ।
स्वास्थ्य क्षेत्रका केहि विज्ञहरु यसभन्दा अघि लकडाउन खोल्दा सरकारसँग असन्तुष्ट रहँदै आएका थिए । बैठकमा सहभागी विज्ञहरुले अहिले लकडाउन नगर्ने हो भने झन जटिल अवस्था आउन सक्ने प्रधानमन्त्रीलाई बताएका थिए ।
राजनीतिक दलहरुसँगको बैठकमा दलका नेताहरुले पनि सरकारलाई लकडाउन गर्न सुझाब दिएको बुझिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीप्रति असन्तुष्टी व्यक्त गरेको बुझिएको छ । प्रधानमन्त्री ओली कोरोनाको समयमा पार्टीले केन्द्रीय समिति बैठक आयोजना गरेको भन्दै असन्तुष्ट बनेका हुन् ।
विज्ञ र राजनीतिक दलका नेताहरुसँगको बैठकपछि प्रधानमन्त्री ओली पनि केहि समय लकडाउन गर्नुपर्ने पक्षमा रहेको स्रोतको दाबी छ ।

कमेन्टहरु
Loading...