अख्तियार आयोगमा कार्यरत १५ जनालाई कारोना संक्रमण पुष्टि

पोखरा ।

अख्तियार अनुसन्धान आयोगका कार्यरत १५ जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आयोगका टंगालमा रहेको कार्यालयमा कार्यरत १ सय ८२ जना कर्मचरीको स्वाब संकलन पश्चात गरिएको परीक्षणका क्रममा १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

प्रवक्ता अधिकारीका अनुसार संक्रमितमध्ये सुरक्षाकर्मीको संख्या बढी छ ।

कमेन्टहरु
Loading...