पोखरा, साउन १९ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले युवालाई व्यवसायमा लागेर छुट्टै पहिचान बनाउन आग्रह गरेका छन् । युथ कम्युनिटी क्लबले आयोजना गरेको युवा व्यवसायीका अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । काठमाडौं केन्द्रित हुने प्राय अवसरलाई मोफसलमा ल्याएर कृषि क्षेत्रलाई ब्राण्ड बनाउन क्लबलाई आग्रह गरे । युथ कम्युनिटी क्लब एउटा कुनै समुदाय विषेश नबनेर हरेक क्षेत्रमा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, अरुणा शेरचन, युवा अभियन्ता तथा पर्यटन विश्लेष्क सुवास मल्ल, व्यवसायी तथा सुर्योदय लघुवित्त संख्थाका अनन्तकुमार श्रेष्ठ लगायतले आ–आफ्नो भनाई व्यक्त गरेका थिए ।
युथ कम्युनिटी क्लबका अध्यक्ष पुर्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्नकार्यक्रममा स्वागत उपाध्यक्ष जयन्ती मोक्तानले र कार्यक्रम सहजिकरण सयोंजक स्नेहा गुरुङले गरेका थिए ।