प्रदेश १ का मुख्य न्यायाधिवक्ता आचार्यलाई कोरोना संक्रमण

पोखरा, साउन १९ ।

प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्य सहित उनको परिवारका अन्य ३ जना सदस्यलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मुख्य न्यायाधिवक्ता आचार्यलाई केही दिन अगाडिबाट सामान्य ज्वरो आएको थियो ।

शंकाका आधारमा विराटनगर ५ घर भएको आचार्य सहित उनको परिवारका अन्य सदस्यको समेत स्वाब संकलन गरेर परीक्षण गर्दा उनी सहित ३ जना सदस्यमा समेत कोरोना पुष्टि भएको हो ।

मुख्य न्यायाधिवक्ता आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने हिस्ट्री खुलेको छैन । उनी सहित ३ जनालाई नै उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी भइरहेको बताइएको छ ।

कमेन्टहरु
Loading...