मुग्लिङमा बस खस्यो, ३ जनाको मृत्यु

मुग्लिङ ६ कात्तिक/धरानबाट काठमाण्डौ जादै गरेको बस मुग्लिङमा दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । बा २ ख ९८८७ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्ज्याङ पुलबाट बस खसेको प्रहरीले जनाएको छ ।
बसबाट तीन जनालाई मृतअवस्थामा बाहिर निकालिएको छ भने २० जना घाइतेलाई उद्दार गरी भरतपुर अस्पताल पुर्‍याइएको छ । बसमा कति यात्रु सवार थिए भनने यकिन भएको छैन भने मृतकको संख्या बढ्न सक्ने प्रहरीले जानकारी दिए । घटनास्थलमा नेपाली सेना, प्रहरीले उद्दार कार्य जारी राखेका छन् ।

कमेन्टहरु
Loading...