विश्वमा कोरोनाबाट ६ लाख ९२ हजारको मृत्यु

पोखरा, साउन १९ ।

विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७ सय ९४ व्यक्तिको ज्यान गएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । डब्लुएचओका अनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ८२ लाख ३४ हजार ९ सय ३६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म १ करोड १४ लाख ४४ हजार ८ सय २१ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ६० लाख ९७ हजार ३ सय २१ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६५ हजार ७ सय ५४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख १३ हजार ६ सय ४७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ३ सय ६५ व्यक्तिको ज्यान गएको बताइएको छ । दक्षिण अमेरिकामा ४२ लाख ४५ हजार ५ सय ४२ जना कोरोना भाइरस संक्रमति रहेका छन् ।

यहाँ १ लाख ४७ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५६ लाख ५७ हजार ५ सय ५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ २ लाख २२ हजार १ सय ८६ जनाको ज्यान गएको छ ।

युरोपमा २८ लाख ९८ हजार ९ सय ४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने २ लाख ३ हजार ७ सय ९४ को ज्यान गएको छ । एसिया ४४ लाख ५१ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण छ भने ९९ हजार ३ सय २४ जनाको ज्यान गएको छ ।

अफ्रिकामा ९ लाख ६१ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २० हजार ३ सय ५० जनाको ज्यान गएको छ । ओसियानामा १९ हजार ७ सय २४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २ सय ३३ जनाको ज्यान गएको छ । रासस

कमेन्टहरु
Loading...